स्वावलम्बन लघुवित्तले कमायाे ७० करोड, ईपिएस कति ?

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार संस्थाले साे नाफा कमाएकाे हाे ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । जाे १३.०९% धेरै हो । असार महिनाकाे अन्त्यसम्म संस्थाकाे खुद ब्याज आम्दानी १४.९०% ले बढेको देखिएकाे छ ।

संस्थाकाे सञ्चालन मुनाफा १४.६१% ले बढेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा भएकाे बृद्धिसंगै खुद नाफामा बृद्धि भएकाे हाे भने रु १४ करोड ७१ लाख राइट ब्याक भएकाे छ । संस्थाकाे निक्षेप संकलन र कर्जा लगानीमा सुधार देखिएकाे छ ।

चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा काेषमा २८.८९% ले बृद्धि भएकाे छ । याे रु २ अर्ब २५ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । खराब कर्जा रेसियाे ४.३८% बाट घटेर २.९०% मा झरेकाे छ । इपिएस आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ भने नेटवर्थ ३० रुपैयाँ ८७ पैसा रहेको छ ।