बहाना नगरी नयाँ ब्रोकर लाइसेन्स वितरणकाे निर्णय कार्यान्वयनमा ल्याउन लगानीकर्ताकाे माग

-



     सफल आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २८ साउन । नेपाली सेयर बजारका तीन अलग अलग संस्थाहरूले नयाँ ब्रोकर लाइसेन्स वितरण कार्यलाई छिटाेभन्दा छिटाे अगाडी बढाउन नियामक निकायसँग माग गरेका छन् । उनीहरूले यसका बारेमा नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा विज्ञप्ती निकालेर बोर्डलाई छिटाे नयाँ ब्रोकर लाइसेन्स वितरण कार्यलाई अगाडी बढाउन ध्यानाकर्षण गराएका हुन् । 

यसका बारेमा धेरै बहानावाजि नगराैं। उनीहरूले नयाँ ब्रोकर लाईसेन्स वितरण सम्बन्धी कार्यलाई ढिलासुस्ति वा बाहानाबाजी नगरी द्रुतगतिमा ५० लाख लगानीकर्ताहरुको आवश्यकतालाई बाेध गर्न माग गरिएकाे छ। उनीहरूले साे कार्ययाेजना मन्त्रि परिषदबाट स्वीकृत गराएर कार्यान्वयनमा लैजान बोर्डसंग अनुराेध गरेका छन् । 

तीनवटै संस्थाहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निजीकरण तथा नयाँ स्टक एक्सचेञ्ज खुलाउने बारेमा त्यसलाई छिटाे कार्यान्वयन गर्न माग गरेका छन् ।