भदौ ७ गतेदेखि सेयर निष्काशन गर्दै इष्टर्न हाइड्रोपावर

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि सेयर निष्काशन तथा बिक्रिमा ल्याउने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हो।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा भदौ २१ गतेसम्मआवेदन दिन सकिनेछ । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ।

लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक तथा लक्ष्मी बैंकका भोजपुरमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम छ भन्रे संकेत हाे ।

इष्टर्न हाइड्रोपावरकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।