सुनकाे भाउ तोलाको रु ९७ हजार ८०० पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । साताको सुनचाँदीको करोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ २५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार साताको अन्तिम कारोबार भएको दिन छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको रुपैयाँ ५०० ले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा रुपैयाँ २५ ले बृद्धि भएर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार २२५ रुपैयाँ कायम भई कारोबारभएको थियो ।