
काठमाडौं, ३० साउन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रु ८ करोड ९९ लाख खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा बढेकाे हाे । याे नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढी हाे ।
कम्पनीले असार मसान्तसम्ममा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हाे जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष उक्त नाफा रु ७ करोड ७७ लाख थियो।
कम्पनीको विद्युत बिक्रीमा बृद्धि भएपछि खुद नाफा बढ्न सहयाेग भएकाे हो। विद्युत बिक्री आम्दानी १६०.४९ प्रतिशतले बढेको पाइएकाे छ। अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानीमा ६५.७० प्रतिशतले र सञ्चालन मुनाफा ६०.०२ प्रतिशतले बृद्धि भएकाे छ।
अरुण भ्याली हाइड्रोपावरकाे चुक्ता पूँजी रु १ अर्ब रहेको छ । जगेडा कोषमा रु १५ करोड २ लाख रहेकाे छ । जाे अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३५.७४ प्रतिशतले थाेरे हो।
प्रतिसेयर आम्दानी केहि बढेको छ। २६ पैसा बढेर ५ रुपैयाँ २० पैसा भएकाे छ। प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी रेसियाे ६८.४६ गुणा रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




