अभियान लघुवित्तकाे सेयर बाँडफाँड, ९१ हजार ३७५ जनाले पाए १० कित्ता दरले सेयर

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० साउन । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड सम्पन्न भएको छ। सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका बाँडफाँड गरिएकाे हो।

कम्पनीकाे साउन १८ गतेदेखि सेयर बिक्रीमा ल्याइएकाे थियाे । प्रतिकित्ता १०० अंकित मूल्यका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरिएको थियो।

कुल सेयरबाट १२ हजार ५०० कित्ता सेयर कर्मचारी र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे थियो।

सेयरमा १९ लाख ८० हजार ९७६ जना आवेदकबाट १९ लाख ७८ हजार ५९४ आवेदन मात्रै छानिएका हुन् । २ हजार ३७६ आवेदन अस्वीकृत भएका छन् । स्वीकृत गरिएका आवेदनकाे गोलाबाट ९१ हजार ३७५ जनाले १० कित्ताकाे दरले सेयर हात पारेका छन्।