सोमबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले घटेको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलामा रुपैयाँ ५०० ले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले गिरावट भई तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन रुपैयाँ ५०० ले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।