चिलिमे जलविद्युतले कमायाे ७६ करोड ७८ लाख खुद नाफा

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० साउन । चिलिमे जलविद्युत कम्पनीले ७६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त नाफा कमाएकाे हाे । याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा बढी हाे ।

गत असार अन्तिमसम्म कम्पनीले ७६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४.९३ प्रतिशतले बढेकाे देखिएकाे छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे थियो।

कम्पनीको विद्युत बिक्रीमा प्रगति भएपछि खुद नाफा बढ्नमा सहयाेग पुगेको हो। गएकाे असार मसान्तसम्ममा विद्युत बिक्रीबाट भएकाे आम्दानी ४.७६ प्रतिशत रहेकाे छ । सञ्चालन मुनाफा ७.९५ प्रतिशतले, वित्तीय आम्दानी २०.२९ प्रतिशत बढेको छ भने अन्य आम्दानी ५५.५४ प्रतिशत घटेको देखिन्छ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ रहेकाे छ। जगेडा कोषमा ३ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेकाे छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ४.७६ प्रतिशतले कमि भएकाे छ ।

प्रतिसेयर आम्दानी ७३ पैसा बढेर ११ रुपैयाँ ३७ पैसा भएकाे छ। प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६.२४ गुणा छ।