नेप्सेमा छायो हरियाली, २ अर्ब ४३ करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० साउन । लगातार ओरालोको यात्रामा गएको नेपाली सेयर बजार साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सकारात्मक लयमा फर्किएकाे छ ।

नेप्से परिसूचकले अर्ध शतक पार गर्दा लगानीकर्तामा उत्साह थपिएको छ । कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेमा छाएको हरियालीले अबको बाटाे सकारात्मक हुने अपेक्षा बढाएकाे छ ।

भदौ महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने कुरा बाहिर आएपछि लगानीकर्ताहरुको बनोबल बढेको हो । एक हप्तासम्म सहि निर्णयमा पुग्न नसकेका लगानीकर्ताले यसदिन बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेपछि त्यसको प्रभाव हरियाली बनेको सेयर बजारको सुखद् सन्देश नै हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक अर्धशतक पार गर्दै ५५.८८ अंकले बढेर २०६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.७८ अंकको बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ विन्दुमा रहेको छ ।

राधि जल बिद्युत कम्पनी, मल्टीपर्पोस फाइनान्स तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । रिडि पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ६३७.८० रूपैयाँमा रहेकाे। 

यो दिनमा कुल २१५ कम्पनीको सेयर कारोबार भएको छ । ६० लाख २६ हजार १९२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार ३६७ रुपैया १० पैसा बराबरको करोबार भएको छ ।