नागरिक लगानी कोषले कमायाे ८८ करोड ७८ लाख

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ साउन । नागरिक लगानी कोषले ८८ करोड ७८ लाख ६ हजार खुद नाफा कमाउन सफल भएकाे छ । काेषले गत आर्थिक वर्षको चौथो त्रैमासम्म उक्त नाफा कमाएकाे हाे ।

कोषकाे खुद नाफा अघिल्लो वर्षको तुलनामा १४.२९% ले वृद्धि भएकाे हाे । काेषले यसअघि रु ७७ करोड ६८ लाख १६ हजार खुद नाफा कमाएको थियो । कोषको ब्याज आम्दानी र कमिसन आम्दानीमा बृद्धि भएपछि खुद नाफामा बढेकाे पाइएकाे छ ।

ब्याज आम्दानी बढेर रु २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसअघि याे रु १६ करोड ३३ लाख रहेकाे थियाे । काेषाकाे सेवा शुल्क तथा कमिसन आम्दानी बढेर १ अर्ब २६ करोड २ लाख रुपैयाँ पुगेको छ । यसअघि याे रु १ अर्ब १४ करोड ३५ लाख रहेकाे थियाे ।

नागरिक लगानी कोषको भदौ ६ गते वार्षिक साधारण सभा हुन लागेकाे छ । रु ३ अर्ब २७ करोड सेयर पूँजी रहेको छ । वार्षिक साधारण सभामा ३०% बोनस सेयर वितरणकाे प्रस्ताव गरिने भएकाे छ । साे पारित भएपछि सेयर पूँजी रु ४ अर्ब २५ करोड पुग्ने अपेक्षा रहेकाे छ ।

काेषकाे सेयर प्रिमियममा रु १ अर्ब २६ करोड ४८ लाख, जगेडामा बढेर रु २९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसअघि याे रु २४ अर्ब ७३ करोड रहेकाे थियाे । मुद्दति निक्षेपमा रु १ खर्ब ३ अर्ब ९० करोड र संगठित संस्थाको सेयरमा २६ अर्ब ३७ करोड रुपैयाँ लगानी छ ।

कोषको इपिएस आम्दानी ३ रुपैयाँ ३९ पैसाले बढेर वार्षिक १५ रुपैयाँ कायम भएकाे छ । नेटवर्थ २११ रुपैयाँ ५० पैसाबाट बढेर २३८ रुपैयाँ ६५ पैसा भएको छ ।