बढ्दै सुनको भाउ, चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ३०० ले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार ९०० रुपैया कायम भएर कारोबार भएको थियो ।

यसदिन चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।