
काठमाडौं, ३१ साउन । बैंकहरुले ब्याज घटाएको, भाद्र महिनामा निक्षेपमा ब्याज नबढाउने र संस्थागत ब्याजदर घटाउने सुखद् खबरले बजारको माहोल सकारात्मक लयमा जान्छ भन्ने अपेक्षा आज पनि पूरा भएन ।
साताको सेयर कारोबार हुने तेश्रो दिन मसेयर बजार पुनः राताम्मै भएको छ । सेयर बजारमा करिब २५ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.२० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेर ३९४.३९ विन्दुमा रहेको छ ।

कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । ६४ लाख ६ हजार ७३८ कित्ता सेयरको कारोबारबाट २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । यसदिन बैंकिङतर्फ ३.४२ अंकले, व्यापारतर्फ ३८.०१ अंकले, होटल तथा पर्यटनतर्फ २४.३३ अंकले, विकास बैंकतर्फ १०१.०४ अंकले गिरावट भएको छ ।

यस्तै हाइड्रोपावरतर्फ ७९.२ अंकले, फाइनान्सतर्फ ४७.८६ अंकले, नीर्जिवन बीमातर्फ १४२.०१ अंकले, उत्पादनतर्फ ९८.११ अंकले र अन्यतर्फ १०.७६ अंकले घटेको छ ।
माइक्रोफाइनान्सतर्फ ५९.७१ अंकले, जीवन बीमातर्फ ८६.५९ अंकले, म्युचुअल फण्डतर्फ ०.१३ अंकले । लगानी उपसमूहतर्फ १.०६ अंकले घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिडि पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ । सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १८७.२० रुपैयाँ पुगेको छ । युनिलिभिर नेपालको सेयरमूल्य सबैभन्दा घटेर १८ हजार १९१ रूपैयाँमा झरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




