पेट्रोलियम पदार्थ आयातमा मात्रै साढे ३ खर्ब रकम बाहिरियाे

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



 काठमाडौं, १ भदाै । नेपाल आयल निगमले गत आर्थिक वर्षमा ३ खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ काे आर्थिक विवरणमा अघिल्लो आर्थिक वर्षकोभन्दा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा भएकाे खर्च करिब दुइ अर्ब दोब्बर भएकाे उल्लेख छ।

निगमले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७५ अर्ब ७१ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ नेपालमा आयात गरेकाे थियो । याे बृद्धि ९०.४% ले वृद्धि भएको देखिन्छ । 

यहीबिचमा रुस र युक्रेनबीच चलेकाे युद्धका कारण पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ प्रभावित हुँदै आएकाे छ । अन्तर्राष्ट्रिय बजारकाे प्रभाव नेपालमा पनि परेकाे छ ।

नेपालमा आयातको आयातकाे हिसाबले ठूलाे क्षेत्र पेट्रोलियम पदार्थकाे क्षेत्र ओगटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षकाे पेट्रोलियम पदार्थको हिस्सा १७.४% रहेकाे छ ।