
काठमाडौं, १ भदाै । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रु ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।
कम्पनीकाे सार्वजनिक गरिएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले साे नाफा कमाएकाे हाे । याे नाफा गत वर्षको तुलानामा ६४७.०४% बढी हाे । अघिल्लो वर्ष यस्ताे नाफा रु ७ करोड २८ लाख रहेकाे थियो ।
समिक्षा अवधिमा अन्य स्रोतबाट हुने आम्दानी बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेकाे छ । यसमा भएकाे बृद्धिले खुद नाफामा बृद्धि भएकाे हो ।
कम्पनीकाे चुक्ता पूँजी रु १ अर्ब १० करोड रहेको छ । जगेडा काेषमा रु ५४ करोड ७६ लाख रहेकाे छ । इपिएस आम्दानी रु ४९.२१ पैसा रहेको छ भने नेटवर्थ १५३ रुपैयाँ ०५ पैसा रहेकाे छ ।
कालिका पावर कम्पनीकाे खुद नाफामा कमी
कालिका पावर कम्पनीले रु ८ करोड ८ लाख ७१ हजार खुद नाफामा कमि भएकाे छ । अघिल्लो वर्ष रु ८ करोड १७ लाख नाफा कमाएकोमा यसपटक सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार कम्पनीकाे नाफामा १.०४% ले कमि देखिएकाे छ ।
कम्पनीकाे सञ्चालन खर्च अघिल्लो वर्षकाे तुलनामा बढेकाे छ । याे बढेर १ करोड १८ लाख रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष रु ८९ लाख ८१ हजार रहेको थियाे ।
कम्पनीको विद्युत् बिक्रीकाे आम्दानी बढेको छ । रु १८ करोड ९५ लाखबाट बढेर याे रकम रु १९ करोड ९६ लाख पुगेको छ । असारकाे अन्त्यसम्म इपीएस आम्दानी ११ रुपैयाँ ७२ पैसा तथा नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




