
काठमाडौं, २ भदाै। लक्ष्मी क्यापिटल बिक्रीमा ल्याएकाे खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन १९ गतेदेखि क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेकाे शुभ लक्ष्मी कोष जारि गरेकाे थियाे ।
बिक्रीमा ल्याइएकाे प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकका लागि सुरक्षित गरि ४ करोड २५ लाख इकाई जारि गरेकाे हो। पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरिएकाे हो।
इच्छुक लगानीकर्ताले घटिमा १०० इकाईका लागि आवेदन पेश गर्न सक्नेछन् । बढीमा ५० लाख इकाईका लागि आवेदन दिन पाइनेछ। सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




