सुनको भाउ तोलाको रु ९५ हजार ९०० मा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार ४०० रुपेयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।