साेल्टी होटलकाे खुद नाफा १ अर्ब ३७ करोड नाघ्याे

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ भदाै । प्रख्यात पाँच तारे साेल्टी होटलले १ अर्ब ३७ करोड १५ लाख खुद नाफा कमाएकाे छ । हाेटलले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे खुद नाफा कमाउन सफल भएकाे हाे ।

चौथो त्रैमाससम्म आउदा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २०२.१६ प्रतिशतले बढी नाफा देखिएकाे छ । अघिल्लो आर्थिक वर्षमा होटलकाे कमाइ ४५ करोड ३९ लाख रुपैयाँ रहेकाे थियाे ।

होटलकाे आम्दानी बढेपछि नाफामा पनि बृद्धि भएकाे छ। गएकाे असार मसान्तसम्ममा हाेटल २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा थियाे । गत आर्थिक वर्षको सोही अवधिमा रु ३० करोड १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएकाे देखिएकाे छ।

चुक्ता पूँजी रु ८४ करोड २५ लाख रहेकाे छ । जगेडा कोषमा रु ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा भएकाे छ। प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ । यसकाे मूल्य आम्दानी रेसियाे ५६.५७ गुणा रहेको छ।