
काठमाडौं, ३ भदाै । राधी विद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ । यसका लागि कम्पनीले भदौ १२ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको छ।
साउन ९ गते बसेको कम्पनीकाे सञ्चालक समितिकाे बैठकले सेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद सेयर निष्कासनकाे निर्णय गरेकाे थियो।
नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासनकाे अनुमति दिएपछि कम्पनीकाे १४७ रुपैयाँ अंकित मूल्यकाे ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्ने बाटाे खुलेकाे छ।
हकप्रद सेयरमा भदौ ११ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । राधी बिद्युत कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




