अपर तामाकोशी हाइड्रोको साधारण सभामा हकप्रद सेयर निष्काशनकाे प्रस्ताव पारित हुँदै

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ भदाै । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । साधारण सभाले कम्पनीकाे १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने लगायतका साधारण सभाका एजेण्डाहरु रहेका छन् ।

साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा पूर्वान्ह बिहान ११ बजे बाट हुँदैछ। यसैकाे प्रयोजनार्थ कम्पनीले साउन १८ गते बुक क्लोज गरेकाे थियाे । साउन १७ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएका सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।  

यस्तै सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि संस्थापक सेयरधनीकाे समूहबाट एक महिलासहित ४ जना सञ्चालकहरुको चयन गरिने भएकाे ।

यस्तै सभामा आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लामा रहेका विभिन्न सामाजिक संघ, संस्थाहरुलाई गरिएकाे सहयोग रकमकाे हिसाकिताबलाई अनुमोदन गरिदैछ ।