
काठमाडौं, ६ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर आज बाँडफाँड गर्न लागकाे संस्थाले जानकारी दिएकाे छ।
कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म २ कराेड १७ लाख बढीकाे सेयर निष्काशन गरेको थियाे । साे सेयर कमलपाेखरीस्थित बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागिएकाे हाे ।
सेयरमा १९ लाख ५२ हजार ४६० जनाले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । साे माग सर्वसाधारणका लागि निष्काशन गरिएकाे ३ लाख ८ हजार २९५ कित्ता सेयरकाे ७०.४५ गुणा बढी हाे ।
जारि पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरिएकाे थियाे ।
५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे ५ भने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बाँकी रहेकाे ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
सेयरमा मागभन्दा बढी आवेदन परेकोले १० कित्ताको दरले सेयर बाँडफाँड हुनेछ । ३० हजार ८२९ जनाले सेयर हात पार्नेछन् भने बाँकीकाे हात खालि हुनेछ । लघुवित्तकाे चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकाे छ । सेयर बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्ने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




