
काठमाडौं, ६ भदाै । नागरिक लगानी कोष (सीआईटी)को २७ औँ वार्षिक साधारणसभा आज अपराह्न ३ बजे बाेलाइएकाे छ। साधारणसभा काठमाडाै वानेश्वरस्थित काेषाकाे केन्द्रीय कार्यालयमा बाेलाइएकाे हाे।
काेषकाे साधारणा सभाले आर्थिक वर्ष २०७७–७८ काे लागि सेयरधनीहरुलाइ वितरण गरिने प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्नेछ। साे प्रस्ताव ३० प्रतिशत बोनस सेयर र करकाे प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद लाभांश रहेकाे छ।
यस्तै साधारण सभाबाट काेषकाे आर्थिक तथा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका एजेण्डाहरमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेकाे छ।
काेषले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि गएकाे साउन २५ गते बुक क्लोज गरिएकाे थियाे । साउन २४गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




