सुन तोलाको रु ९५ हजार ३०० मा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदाै । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० तोकिएको जनाएको छ । अघिल्लो दिन आईतबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २०० ले गिरावाट भई तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९५ हजार रुपैयाँ कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।