सी-आस्वा शुल्क घट्दै, अधिकतम ५ रुपैयाँमा सीमित हुने

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदौ । अबदेखि सेयर कारोबारका लागि प्रयोग हुने सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको बैठकमा उक्त प्रस्ताव लगिएको र केही समयमा कार्यान्वयनमा आउने बताइएको छ ।

यो प्रस्ताव पारित भएपछि सी-आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन पाइने छैन । बोर्डका अनुसार यो निर्णय छिटै कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ । बोर्डले यसलाई कार्यान्वपयनमा ल्याउनका लागि आवश्यक संशोधन र नियमावलीमा काम गरिरहेको बुझिएको छ ।

बोर्ड अध्यक्ष रमेश हमालका अनुसार लगानीकर्ताहरुले आईपीओमा अथाह आवेदन आउने हुँदा सेयर पर्ने सम्भावना पनि कम हुने र शुल्क पनि महँगो भएको गुनासो गरेपछि बोर्डले यस विषयमा छानबिन समिति पनि गठन गरेको छ ।

यो नियम लागू भएपछि सी-आस्वा शुल्कमार्फत् आउने ५ रुपैयाँमा १ रुपैयाँ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भागमा जानेछ भने अर्को १ रुपैयाँ सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भागमा जानेछ । यसका लागि बोर्ड निर्देशकहरुको समहतिसहित धितोपत्र खरिद नियमावली २०७३ मा संशोधन गर्नुपर्ने हुन्छ ।