रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयरबजार नकारात्मक लयमा गएको छ । म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकममा पनि कमि आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेर ३९७.११ विन्दुमा पुगेको छ ।

कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ५२ लाख ३० हजार ७६३ कित्ता सेयरको खरिदबिक्री भयाे भने यसबाट १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपममूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबैमा रातो लागेको छ । सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएकाे छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३२६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको हाे ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर २७३ रुपैयाँ पुगेको छ। NIBL समृद्धि फण्ड-२को  सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। सेयरमूल्य ६.७५ प्रतिशतले घटेर ७.७४ रुपैयाँ हुन पुग्याे।

यस्तै दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ५.२४ प्रतिशतले घटेर ३६०.१० रुपैयाँ कायम भएकाे छ।