पिपुल्स पावरको आईपीओमा मागभन्दा ८ गुणा बढी आवेदन

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ भदौ । पिपुल्स पावर लिमिटेडले गत साउन ३१ गते जारी गरेको आईपीओका लागि मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद आइतबारसम्म कुल १६ लाख १२ हजार ३२२ आवेदकका तर्फबाट जम्मा १ करोड ८२ लाख ८७ हजार ५ सय कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङले सोमबार बिहान अद्यावधिक गरेको आँकडा अनुसार कुल जारी २२ लाख ९४ हजार ६८२ कित्तामध्ये ८ गुणा बढी अर्थात् १ अर्ब ८२ करोड ८७ लाख ५० हजार बराबरको १ करोड ८२ लाख ८७ हजार ५०० कित्ताका लागि आवेदन परेको हो ।

स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषका योजनाहरुलाई छुटयाइएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२,९४,६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

पिपुल्स पावर लिमिटेडले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको तथा कम्पनीले विद्युतको व्यापारिक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।