
काठमाडौं, ७ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सामान्य सुधारको संकेत देखा परेको छ । नेप्सेमा यसदिन दोहोरो अंकको बृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.०५ अंकले बढेर २०५४.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ ।
कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ४० लाख ३१ हजार २५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ७ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको १४ करोड २१ लाख ८९ हजार ७३७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
तीनवटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रूरू जलविद्युत परियाेजना, मन्दाकिनी हाइड्राेपावर र अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । सिद्धार्थ इक्विटी फण्डकाे मूल्य ६.८८ प्रतिशतले घटेर ८ रूपैयाँ ९४ पैसामा झरेकाे छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




