बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्याे ?

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रुपैयाँ ३०० ले बढेर तोलाको ९५ हजार ३०० पुगेको छ । मंगलबार छापावाल सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार ८०० रुपेयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।