
काठमाडौं, ८ भदौ । सामसङ ब्राण्डका टेलिभिजन अब नेपालमै बन्ने भएका छन् । सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा सामसङ टिभी नेपालमै उत्पादन हुने भएको बताइएको छ ।
यसका लागि दुवै कम्पनी मिलेर नवलपरासीमा ५० करोडको लगानीमा एसेम्बलिङ उद्योग स्थापना गर्दैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उक्त उद्योगको आज शिलान्यास पनि गरिसकेका छन् ।
उद्योगको शिलान्यासपछि बोल्दै मन्त्री बडुले विदेशी लगानी भित्र्याउन नेपालले नीतिगतरुपमा सहजीकरण गरेको भन्दै लगानी भित्र्याउन आग्रह समेत गरे ।
आउँदो वर्ष टेलिभिजन उत्पादन उत्पादन शुरु गर्ने लक्ष्य राखेर उद्योगको काम अगाडि बढाइएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ । उक्त उद्योगबाट बढीमा ८५ इन्चसम्मका टेलिभिजन उत्पादन हुने बताइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




