
रुपन्देही, २० असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ को राजधानी दाङको भालुवाङले प्रदेशका सबैको प्रतिनिधित्व गरेको बताएका छन् । यसले प्रदेशका सबैको मनोविज्ञानको प्रतिनिधित्व पनि गरेको छ, त्यसैले प्रदेशको राजधानी भालुवाङ प्रस्ताव गरिएको हो, मुख्यमन्त्री पोखरेलले भने ।
यसमा अन्यथा सोच्नुपर्ने कारण नभएको पनि उनले बताए । पोखरेलले भने, प्रदेशको राजधानी दाङको भालुवाङ प्रस्ताव गर्नु भनेको प्रदेशका सबै वासिन्दाको भावनालाई कदर गरिएको हो । लुम्बिनी, राप्ती र भेरी अञ्चलको लागि केन्द्र बनाएर राजधानी भालुवाङ बनाउन प्रस्ताव गरिएकोले अन्यथा नबुझ्न आग्रह गरे ।
आज प्रदेशसभा बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिदैं पोखरेलले प्रस्तावित राजधानीले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन, उनले भने यसले राप्ती र लुम्बिनीलाई जोड्ने काम गरेको छ । अनि पहिलेको भेरी अञ्चल र त्यहाँका वासिन्दाको भावनाको पनि कदर गरेको छ । यसका लागि सबैको साथ आवस्यक पर्ने उनले बताए, उनले भने, हाम्रो सोंच प्रदेशलाई गर्व गर्न लायकको बनाउने रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



