एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ९ भदाै। एनएमबि क्यापिटलले साउन २६ गतेदेखि बिक्रीमा ल्याएकाे एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँकाे दरको १२ करोड बराबरकाे इकाई बिक्रीमा ल्याएकाे थियाे । कुल इकाईबाट १ करोड ८६ लाख इकाई कोष प्रवर्धक रहेकाे एनएमबि बैंकका लागि रहेकाे छ । १२ लाख योजना व्यवस्थापक रहेकाे एनएमबि क्यापिटलका लागि रहेकाे छ भने बाँकी रहेकाे १० करोड २० लाख इकाई लगानीकर्ता लागि रहेकाे छ ।

याे एक बन्दमुखि योजना १० वर्षको रहेकाे छ। जसकाे इकाई बाँडफाँडपछि शुरू हुनेछ । क्यापिटलले पहिले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरेकाे थियाे ।