
बुटवल, २० असोज । प्रदेश नम्बर ५ को राजधानी अन्ततः देउखुरी तोकिएको छ । प्रदेशसभामा मंगलवार भएको मतदानमा दुईतिहाइ बहुमतले दाङको देउखुरी (राप्ती उपत्यका) पारित भएको हो।
कुल खसेको ८२ मतमध्ये दाङका पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।
सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरीलाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा मतदानका लागि नेकपाले ह्वीप समेत जारी गरेको थियो ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



