
काठमाडौं, ९ भदौ। अघिल्लो दिन उकालो लागेको नेप्सेको उकालोको यात्रामा एकदिनपछि बिहिबार ब्रेक लागेको छ । एकदिन पछिको नेप्सेको करेक्सनले लगानीकर्ताहरुलाई खिन्न बनाएको छ ।
कहिले विपद्, कहिल राजनीतिक गडबडी, अस्थिरता, कहिले नियामक निकायसंगको रस्साकसि, तरलता बैंकले बढाउने व्याजदरको कारण प्रभावित बन्दै आएको सेयर बजारले अझैं लगानीकर्ताको मनोबल राम्ररी बढाउन सकेको छैन । उनीहरु नेप्सेको सकारात्मक लयको पखाईमा रहिरहेका छन् ।
नेपाल स्टक एक्सले जनाए अनुसार बिहिबार सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ३.७८ अंकले घटेर ३९४.५१ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१९ कम्पनीहरुको सेयर कारोबार भएको छ । ४२ लाख ३४ हजार ११७ कित्ता सेयरको खरदबिक्रीबाट १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १३ उपसमूहहरु सबै राताम्मै भएका छन् । सबैको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख ६५ हजार २६१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ ४० पैसा पुगेकाे छ । मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.८२ प्रतिशतले घटेर ४ सय ६९ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




