
काठमाडौं, ९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा पेट्रोलियम पदार्थका लागि नेपालबाट २२ अर्ब ६ करोड ८६ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ ।
हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय तथ्याङ्क अनुसार उक्त रकम बराबराको पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन खरिद गरिएको हो ।
यस्ता पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र थोरै मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ जसको मूल्य २३ हजारर रुपैयाँ उल्लेख गरिएको छ ।
विवरण अनुसार साउन महिनाभरिमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार बराबरको ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएको छ । यसैगरी सोही अवधिमा ८ अर्ब ९८ करोड ९ लाख २ हजार बराबरको डिजेल ल्याइएको छ।

यस्तै भारतबाट नै साउन महिनामा ७ करोड ९४ ललाख ८५ हजार बराबरको ५४० किलोलिटर मट्टितेल तथा १ अर्ब ३४ करोड ४२ लाख ४९ हजार बराबरको १० हजार १८० किलोलिटर हवाई इन्धन नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।
यो अवधिमा भारतबाट ५ अर्ब २७ करोड ८० लाख १ हजार बराबरको ४ करोड १४ लाख ८७ हजार ३२० किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




