
काठमाडाैं, ९ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार हुँदै आएकाे दाेश्राे बजारकाे काराेबार बन्द गर्ने संकेत दिएकाे छ । सेयर लगानीकर्ताहरूले बिहिबार नेप्सेमा निवेदन दिदैं शुक्रबारकाे काराेबार बन्द गर्न माग गरेपछि नेप्सेले अर्काे हप्तादेखि माग पूरा गर्ने संकेत दिएकाे हाे ।
लगानीकर्ताकाे मागपत्र बुझ्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आउने हप्ताबाट शुक्रबार हुने कारोबार बन्द गर्ने आसय प्रकट गरेका लगानीकर्ताहरूले बताएका छन् । मागपत्र बुझाउन लगानीकर्ताहरु राकेश छुका, मोद प्रसाद त्रिपाठी, दिपेश केसी र दिर्घकार उपाध्ययलगायत गएका थिए ।
सरकारले स्थानिय तहकाे निर्वाचन अघि दुइ दिन बिदा दिएपछि नेप्सेमा शुक्रकार दाेश्राे बजारकाे काराेबार हुँदै आएकाे थियाे । तर सरकारले दुइदिने बिदाकाे निर्णय फिर्ता गरेकाे लामाेसमय बितिसकेकाे र यसका बारेमा सुनुवाइ नभएकाे भन्दै लगानीकर्ताले शुक्रबार बजार बन्दकाे माग गरेका हुन्। हाल सेयर बजार शुक्रबारकाे दिन २ घण्टा संचालन भइरहेकाे छ ।
यसका बारेमा सेबाेनका अध्यक्ष रमेश कुमार हमाल सकारात्मक रहेका छन् । उनले बिदाका बारेमा मौखिक रूपमा बाेलिसकेका छन् भने बाेर्ड बैठक नबसेकाेले निर्णय भएकाे छैन ।
गत जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे । नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म दोस्रो बजारकाे कारोबार खुला गरेकाे थियाे ।
सरकारले असार १ गते आईतबारकाे बिदामा कटौती गरेकाे थियाे । नेप्सेले जेठ २५ गते असार १ गतेदेखि काराेबार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म लागू गरेकाे थियाे । तर शुक्रबारकाे हकमा भने पूर्वान्ह ११ बजेदेखि १ बजेसम्म २ घन्टा खुला गरेकाे थियो ।
लगानीकर्ताहरूले नेप्सेमा बुझाएकाे पत्र ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




