
काठमाडौ, १० भदाै । सानिमा बैंकले कुशे औंशी/बुबाकाे मुख हेर्ने दिन भदाै ११ गते ग्राहककाे अवसरमा विशेष छुट दिने जनाएकाे छ।
ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरबाट विशेष छुट पाउने भएका हुन् ।
साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)बाट भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सानिमा मोबाइल बैंकिङ क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत र बढीमा रु. १०० सम्म छुट पाउने भएका छन्। सानिमा बैंकले यो विशेष अफर भदौ ११ गते कुशे औंशी/बुबाकाे मुख हेर्ने दिन सम्मका लागि ल्याएकाे हाे ।
बैंकको देशभर १२७ वटा कार्यालयबाट सेवा दिइरहेकाे छ । यसका १२० वटा एटीएम सञ्चालनमा रहेका छन् भने बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा अस्पताल, सपिङ सेन्टर, होटेल, रेष्टुरेन्टमा विशेष छुट पाउने व्यवस्था गरिएकाे छ।
विस्तृत जानकारी लिन https://www.sanimabank.com/products/cards/discount-outlets df log in मा गएर जानकारी लिन सकिन्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




