शुक्रबार सुनचाँदीको भाउ यथावत्

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएकाे छैन । यदिन सुनचाँदी बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलाको ९५ हजार ८०० मा कारोबार भईरहेको जनाएको छ । आजको यो भाउ स्थिर भाउ हो । बिहिबार पनि छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि बिहिबारकै भाउ तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउमा पनि आज कुनै परिवर्तन नभई बिहिबारकै भाउ तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ ।