
काठमाडौं, १० भदौ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार पनि नेपाली सेयर बजारले ओरालाेको यात्रा तय गरेको छ । जीवन बीमा उपसमूहबाहेक सबैमा रातो लागेको छ ।
यसदिन कारोबार रकममा पनि निकैं गिरावट भएको छ । नेप्सेको उधों गतिमा अगाडी बढेको यात्राबाट लागनीकर्ताहरु थाकिसकेका छन् । उनीहरुको मनोबल बढ्न सकेको छैन ।
अझैं पनि लागनीकर्ताहरुको लागि सेयर बजारको माहोल पर्ख र हेरको स्थितिमा रहेको छ । न त यसले उत्साह जगाउन सकेको छ न आत्मबल बढाउन सकेको छ । यही स्थिति रहिरहे पूँजी बजारबाट काहिर आउनुको बिकल्प पनि नआउला भन्न सकिन्न ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७७ अंकले घटेर ३९१.७४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१३ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ८८ हजार ८३३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये जीवन बीमा बाहेक सबैको रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ । एक मात्र जीवन बीमा उपसमूहको ३४.११ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५४६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनकाे सेयरमूल्य सबैभन्दा ५.९५ प्रतिशतले बढेर एक हजार ४ सय ४५ रूपैयाँ पुगेकाे छ । हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकाे संस्थापक सेयरमूल्य सबैभन्दा ८.२३ प्रतिशतले घटेर १०३ रूपैयाँ ७० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




