पहिलो दिन घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाल सुनमा रुपैयाँ ७०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतबारका लागि छापावाल सुनको भाउ तोलाको ९५ हजार १०० तोकिएको जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७०० ले घटेर तोलाको ९४ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । यसरी घटेको चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।