सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा सुधार

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालो लागेको छ । ठूला कम्पनीहरुको कारोबार हुने सूचीमा रहेको म्युचुअल फण्ड बाहेक सबै १२ उपसमूहरुहरुमा रातो लागेको छ ।

अघिल्लो कारोबारको हिसाबले केहि सुधार भएको सेयर बजारको नकारात्मक लयमा गएको यात्राले भने लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । नेप्सेमा भइरहेकाे नकारात्मक यात्राकाे बारेमा उपचार के भन्ने बारेमा सर्वत्र चासाे भए पनि ठाेस निकास निस्कन सकेकाे छैन ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको छ । नेप्सेमा १.६५प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेर३८५.७० विन्दुमा पुगेको छ ।

यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । ६१ लाख ४८ हजार ३४१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५९ करोड ७ लाख ३७ हजार १०३ रुपेयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहहरुमध्ये म्युचुल फण्ड बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । एक मात्र म्युचुअल फण्डको झिनो ०.०८ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बडी अरुण काबेली पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९७४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

राधी विद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ पुगेकाे छ । रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ३९ रूपैयाँ ६० पैसा कायम भएकाे छ।