
काठमाडौं, १२ भदाै। पिपुल्स पावर लिमिटेडले आज सेयर बाँडफाँड सम्पन्न गरेकाे छ। कम्पनीले २ लाख २९ हजार ४६८ जना सर्वसाधारण लगानीकर्तालाई सेयर बाँडफाँड गरेकाे हाे । मागभन्दा बढी आवेदन पेश भएकाेमा बाँडफाँड गाेला हालेर गरिएकाे छ।
सेयर प्राप्त गर्ने लगानीकर्तामध्ये २ जनाकाे भागमा जनही ११ कित्ता परेकाे छ । अरुसबैलाई १० कित्ताका दरले सेयर हात परेकाे छ । कम्पनीकाे सेरमा १५ लाख ५६ हजार ५२५ जनाकाे आवेदन परेकाे थियाे । उनीहरुमध्ये ५ हजार ११२ जनाको आवेदन अस्वीकृत भएकाे छ ।
प्रतिकित्ता रु १०० काे अंकित दरमा पिपुल्स पावरले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियो ।
निष्काशित सेयरबाट ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । रुपैयाँ १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ ।
सर्वसाधारण लगानीकर्ताका लागि २२ लाख ९४ हजार ६८२ कित्ता रहेकाे थियाे । सेयर बाँडफाँडकाे नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र पिपुल्ल पावरको वेबपेजबाट हेर्न सकिने भएकाे छ ।
यस्तै, सेयर बाँडफाँडकाे नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडकाे वेबपेज https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ। पिपुल्स पावर लिमिटेडले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




