यस्ताे छ समुद्रपार निकासी पैठारी संघकाे नयाँ कार्यसमिति

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । नेपाल समुद्रपार निकासी पैठारी संघले २१ सदस्यीय नयाँ कार्यसमिति पाएको छ । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको उक्त संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कार्यसमिति चयनका लागि चुनाव गर्नु नपरेको र सबै २१ जना सदस्य निर्विरोध निर्वाचित भएका संस्थाले जनाएको छ । नयाँ निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा प्रभातकुमार सर्राफ चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यका रुपमा निर्वाचित हुनेमा आकाश गोल्छा, ऋषिराज मोर, कुमार कार्की, गोविन्दलाल संघई, जयन्तकुमार अग्रवाल, पवनकुमार अग्रवाल, पवनकुमार संचेती प्रदीप राजगाढिया, मदन मित्तल, मयंक केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, स्वाती रुंगटा अग्रवाल र सुमितकुमार वंशल रहेका छन् ।