१९९३ विन्दुमा पुग्यो नेप्से, कारोबारमा नेपाल टेलिकम अब्बल

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । लगातार घटिरहेकाे सेयर बजार साेमबार सामान्य ढंगले उकालाे लागेकाे छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

सेयर बजारको सकारात्मक यात्राले लागानीकर्ताहरुको मनोबल उकासिएको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन । कुनै समय २० अर्ब माथिकाे काराेबार भएकाे सेयर बजारमा पछिल्लाे समय ७७ कराेडबाट ५ कराेड तलकाे कराेबारमा सिमित भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेको छ । नेप्सेमा झिनो ०.१९ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स १.७७ अंबले बढेर ३८७.४६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ३४ लाख ४० हजार ९०० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये आज ४ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ९ वटा उपसमूहहरूमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको ११ करोड २५ लाख ७६ हजार ७७८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

विन नेपाल लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले बढेर एक हजार ४९ रूपैयाँ पुगेकाे छ । रूरू जलविद्युतकाे सेयरमूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेर ८ सय ८६ रूपैयाँ कायम भएकाे छ ।