संघमा महिला सदस्यको संख्या वृद्धि र उद्यमशिलतालाई केन्द्रमा राख्ने : प्रजापती

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



पोखरा, १३ भदौ । पोखरा उद्योग वाणिज्य संघको चुनानी सरगर्मी वढेसँगै पवन प्रजापतीको समूहले आज अम्मरसिंह चोक, राम वजार, वुद्धचोक आसपासका स्थानमा घरदैलो गरेका छन् । घर दैलो अभियानमा सहभागि स्थानिय व्यवसायीहरुले अवको संघको नेतृत्वमा पवन प्रजापतीको विकल्प नभएको धारणा राखे । उनिहरुले पवन प्रजापतीको टिम समावेसी, अनुभवी र समझदार टिम भएकाले यसपालि संघको खस्कदो अवस्थालाई उकास्ने टिम भएको भन्दै अग्रिम शुभकामना समेत दिए ।

घरदैलो अभियानमा अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले सवै महिला व्यवसायी सवै महिला उद्यमी भन्दै घरघरमा तीजको शुभकामनासँगै भोट अभियान संचालन गरेको धारणा राखे । उनले संघमा महिला सदस्यको संख्या वृद्धि र उद्यमशिलतालाई केन्द्रमा राख्ने पनि घरदैलो अभियानमा प्रतिवद्धता जनाए।

घरदैलो अभियानमा रहेकी उपमहासचिवकी प्रत्यासी सोभा गौतमले महिलाहरुको महान चाड तीजले छोपेपनि आफुलाइ भने उद्योगी व्यवसायीको समस्या र त्यसको समाधानका लागि लाग्ने वेला भएको धारणा राखिन् । उनले भनिन्–“ महिला भएका नाताले मलाई पनि तीज आएको छ तर म घरदैलोमा प्रत्येक घरमा तीज मनाउँदै शुभकामना र आर्शिवाद लिदै हिडेकी छु यो नै मेरालाई तीज भन्दा महत्वपूर्ण छ ।”

व्यावसायिक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धि हाम्रो पहिलो    प्राथमिकता भन्ने पहिलो प्रतिवद्धता सहित विभिन्न पेशा र व्यवसायीहरुका सामुहिक समस्या, अवसरको व्यवस्थापन र खोज सहितका १७ वटा प्रतिवद्धता लिएर  पवन प्रजापती समुह चुनावी मैदाना उत्रिएको छ ।

प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित  वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, र सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्