भदौ २३ देखि २७ सम्म काठमाडौंमा फर्निचर एक्स्पो हुने

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदौ । फर्निचर एक्स्पो २०७९ भदौ २३ देखि २७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएकाे छ । साे एक्सपाे आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखेर आयोजना हुन लागेकाे हाे ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले नेपाली उत्पादनलाइ बढावा दिनका लागि र आयातलाइ प्रतिस्थापन गर्ने उदेश्यले फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् ।

नेपालमा बार्षिक करिब ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुने गरेकाे छ । यसकाे काराेबारमा ५० प्रतिशत भाग विदेशी बस्तुले ओगटेकाेले मुलुककाे यतिबेरै पैसा विदेशीने क्रमलाइ हामी कम गर्ने प्यासमा छाै, अध्यक्ष जोशीको भने।

एक्सपाे एउटा सिकाइकाे थलाे पनि हुनेछ । जाेशीले भने “फर्निचर लगायतका वस्तु उत्पादनका लागि बािहरकाे प्रविध कस्ताे छ र हामीले के गरिरहेका छाै र भविष्यमा अवलम्बन गर्नसक्ने बारेमा नयाँ साेचकाे विकास गर्न सजिलाे हुनेछ । साथै देशभित्रै गुणस्तरीय तयारी वस्तु उत्पादन गर्ने बारेमा जानकारीमूलक हुने अपेक्षा रहेकाे छ ।

भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएकाे एक्स्पोलाई स्वदेशी ब्राण्डले नै प्रायोजन गर्न पाएकाेमा खुसि व्यक्त गरे । उनले ग्राहकलाइ स्वदेशी र आयातित बस्तुकाे उत्पादनको गूणस्तर हेर्न र मूल्यलाइ पनि तुलना गरेर हेर्न र तुलना गर्न आग्रह गरे ।

एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री रहने छन् । एक्स्पोमा छिमेकि भारत, बंगलादेशलगायतका मुलुकका व्यवसायी पनि सहभागी हुने भएका छन् ।