यी हुन सी-आस्वा शुल्क नलिने ६ वटा बाणिज्य बैंक

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदाै । नेपाल बैंक लिमिटेड पछिल्लाे क्रममा सी–आस्वा शुल्क नलिने बैंककाे सूचीमा देखिएकाे छ । बैंककाे याे घोषणासँगै सी–आस्वा शुल्क नलिने बैंककाे संख्या ६ पुगेकाे छ ।

नेपाल धितोपत्र बोर्ड (सेबाेन)ले सी–आस्वा सेवाको शुल्क बढीमा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । त्यसअघि सेयर लगानीकर्ताहरुले सेयरमा आवेदन दिएबापत् बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्ने गरेका थिए ।

बोर्डले बढीमा रुपैयाँ ५ सम्मकाे सिलिङ तोकेपछि बैंकहरुले शुल्क घटाउन लागेका छन् । कतिपय बैंकले याे निःशुल्क घोषणा पनि गरेका छन् । ६ वटा बैंकहरुले निःशुल्क सेवा दिने घाेषणा गरेपछि सेयर लगानीकर्ताहरुले राहतकाे महशुस गरेका छन् ।

सी–आस्वा शुल्क नलिने बैंकहरुमा नेपाल नेपाल बैंक लिमिटेड, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित ६ वटा रहेका छन् ।