राधी विद्युतले करिब १ अर्बकाे हकप्रद सेयर निष्कासन गर्दै

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदाै । राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने रु १०० अंकित मूल्यकाे ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ। यस्तै सेबाेनबाट सि-आश्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबपेज र एप्सबाट आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयाेजनकाे लागि भदौ १२ गते बुकक्लोज गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा भदौ १० गतेसम्म सेयरकाे कारोबार गरेर कायम भएका सेयरधनीहरु मात्रै हकप्रद सेयरमा आवेदन दिन याेग्य हुनेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व पूरा गर्नका लागि मध्यम जोखिममा रहेको संकेत हाे ।

कम्पनीकाे चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको छ । हकप्रद सेयर बिक्रीपछि याे १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्ने भएकाे छ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।