सुन तोलाको ९३ हजार १ सयमा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदौ । सुनचाँदीको भाउ घट्दो क्रममा रहेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ ९ सय तथा चाँदीमा ३० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि ९ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय रुरपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा ३० रुपैयाँले घटेर तोलाको १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।