
काठमाडौं, १६ भदाै । यतिबेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलकाे भाउ उकालो लागेको बेलैमा नेपालमा पनि भारतबाट बढेकाे नयाँ मूल्यसूची आएकाे छ ।
पेट्राेलियम पदार्थकाे भाउ अन्तर्राष्ट्रिय बजारमा बढेकाे यही माैकामा भारतले नेपालमा ग्यास बाहेक पेट्राेलियम पदार्थकाे भाउ बढाएर पठाएकाे हाे। आईओसीले नेपाल आयल निगमलाई आजबाटै लागू हुने गरेर नयाँ मूल्यसूची पठाएकाे हाे ।
आईओसीले पठाएकाे नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलमा प्रतिलिटर १.३९ रुपैयाँ र डिजेलमा ६.१२ रुपैयाँ बढेको छ । हवाई इन्धन ८ रुपैयाँले बढेर आएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेकाे सूची आएकाे छ ।
नयाँ मूल्यसूचीका अनुसार निगमलाई डिजेलबाट हुने नोक्सानी प्रतिलिटर १२ रुपैयाँ बढेकाे छ । यस्तै पेट्रोलमा हुने नाफा घटेर प्रतिलिटर २ रुपैयाँ कायम भएकाे छ। निगम श्राेतका अनुसार निगमको १५ दिनको नोक्सानी लगभग ५० करोड पुग्ने देखिन्छ।
यसअघि आईओसीले नेपाल आयल निगमलाई तीनपटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि निगम घाटामा गएको देखाउँदै नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएकाे थिएन । आईओसीकाे पछिल्लाे याे बढेर आएकाे मूल्यसूची पछि आयल निगमले मूल्य सामायाेजन गर्ने संकेत मिलेकाे छैन ।
यसअघि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको भाउ प्रतिब्यारेल ९४ डलर रहेकाे। अहिले बढेर १०० डलर प्रतिब्यारेल माथि पुगेको छ । आईओसीले पनि तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो ।
आईओसीले निगमलाई महिनामा दुइ पटक अर्थात १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । अंग्रेजी महिनाकार १ तारिख र १५ तारिखमा मूल्यसूची पठाउँछ । निगमले आईओसीलाई ८ र २३ तारिखमा रकम भुक्तानी गर्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




