पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ भदाै । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने भएकाेले सेयरधनीहरुले यसदिन मात्रै लाभांश सुरक्षित गर्ने माैका रहेकाे छ ।

आज शुक्रबारसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार गरेर कायम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु कम्पनीले वितरण गर्ने लाभांश प्राप्तिका लागि याेग गर्न सक्नेछन्।

नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण र करका प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते साधारण सभा बाेलाएकाे छ । साधारणसभा काठमाडौंकाे बबरमहलस्थित कार्की ब्याङ्केटमा पूर्वान्ह ११ बजे बोलाइएको छ। कम्पनीकाे लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्ने भएकाे छ।