
काठमाडौं, १७ भदौ । सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन ।
साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा छापावाल सुनको भाउमा सामान्य गिरावट देखिएको छ । छापावाल सुनमा रुपैयाँ १०० ले गिरावट भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १०० ले गिरावट भई तोलाको रुपैयाँ ९३ हजारमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलाको रुपैयाँ ९३ हजार १०० मा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १०० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार १०५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको रुपैयाँ १ हजार १०० मा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




